घरमै यसरी नियन्त्रण गर्न सकिन्छ उच्च रक्तचाप


५ कार्तिक २०७६, मंगलवार १३:४५ मा प्रकाशित

पछिल्लो समय अस्वस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मानिसहरुमा विभिन्न खालका रोग देखिन थालेको छ । जसमा मुटु सम्बन्धी समस्या धेरै रहेको छ ।

यहाँ हामी उच्च रक्तचाप भएमा कस्ता घरायसी औषधि वा खानेकुरा प्रयोग गर्ने भन्ने जानकारी दिँदै छौं । तर यी घरायसी खानेकुरामा मात्र भर भने पर्न हुँदैन । यदी रक्तचाप उच्च छ भने चिकित्सको सल्लाह लिनु होला । घरमा पाइने यी चिजबाट उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

लसुन
लसुनमा पाइने एक रसायनले हाइपरटेन्सन घटाउँछ । लसुनको यो गुणबारे आयुर्वेदमा पनि वर्णन गरिएको छ ।

प्याज
प्याजमा रहेको एन्टिअक्सिडेन्ट फ्लेबेनल, क्यासेरटिन आदिले ब्लडप्रेसरलाई सन्तुलित राख्न मद्दत गर्छ ।

बदाम
बदाममा पाइने मोनोस्याचुरेटेड फ्याटले ब्लड कोलेस्ट्रोल लेभल कम गर्छ । साथै, धमनीलाई सफा गर्छ । यसले गर्दा रक्तचाप घट्छ ।

दालचिनी

दालचिनीमा धेरै औषधीय गुण हुन्छ । यसको सेवनले मधुमेहसँगै उच्च रक्तचाप जस्ता रोग पनि नियन्त्रण हुन्छ ।

अलैंची
एक अनुसन्धानअनुसार उच्च रक्तचापका बिरामीले करिब तीन महिनासम्म नियमित रूपमा अलैँची सेवन गरेमा रोग ठीक हुन्छ ।

जैतुन
युरोपका मेडिटेरियन क्षेत्रमा जैतुनको तेल बढी प्रयोग गरिन्छ । जैतुनले उच्च रक्तचाप निको पारेकाले नै यसको प्रयोग गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here