विप्लव समूहका नेता गुणराज लोहनी पक्राउ


५ कार्तिक २०७६, मंगलवार ११:५४ मा प्रकाशित

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गुणराज लोहनी पक्राउ परेका छन् ।

पार्टीले पदमुक्त गरेको भोलिपल्टै नेता लोहनी पक्राउ परेका हुन् । सादा पोसाकमा खटिएका प्रहरी टोलीले आज बिहान लोहनीलाइ चितवनको भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको हो ।

विप्लव समूहले सोमबार मात्रै एक विज्ञप्ति जारी गरी लोहनीको स्वास्थ्य समस्या देखाउँदै पार्टीबाट पदमुक्त गरिएको जनाएको थियो । उनी पार्टीको केन्द्रीय सदस्य रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here