काठमाडौं । बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका सांसद प्रमोदकुमार साहलाई जिल्ला अदालत धनुषाले साधारण तारेखमा छोडेको छ ।
न्यायाधीश तेज नारायण पौडेलको इजलासले उनलाई साधारण तारेखमा छोडेको हो । बुधवार उनीमाथि अनुसन्धान गर्न अदालतले ४ दिने म्याद दिएको थियो । मंगलबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका सांसद साहमाथि गैरसैनिक हवाइ उडानसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।
उनले गैरसैनिक हवाइ उडानसम्बन्धी कसूर गरेको प्रमाणित भए ५ देखि १० वर्षसम्मको कैद हुन सक्ने व्यवस्था छ ।





