नवलपरासी । कावासोती नगरपालिका–८ खरकट्टामा भएको दुर्घटनामा ज्यान गुमाउने पाँच जनामध्ये तीन जनाको परिचय खुलेको छ ।
दुर्घटनामा परी पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ का दीपक बिक, देवचुली–५ का डिलबहादुर ढेंगामगर, हिरा राना, दीपेश राना र कैलालीको धनगढीका सुरज रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार राति सवा १० बजे पूर्वी नवलपरासीको कावासोती–८ खरकट्टामा पुर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा कारमा रहेका पाँच जनाको ज्यान गएको थियो ।