मेलम्चीको पाइप सफा गर्ने क्रममा २ मजदुरको मृत्यु


१७ श्रावण २०७६, शुक्रबार १२:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं–१६, बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ ।

घाइते अवस्थामा उद्दार गरिएका सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको उपचारका क्रममा मृत्यु भएको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्यामलाल ज्ञवालीले उनीहरूको मृत्यु भएको पुष्टि गरे ।

काठमाडौं प्रहरीका एसपी अशोक सिंहले ठूलो पाइपभित्र पसेर काम गर्ने क्रममा दुर्घटना भएको बताए । ‘भित्र पसेको धेरै वेरसम्म नफर्किएपछि उद्दार गरेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो’, उनले बताए ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here