दैलेखमा पेट्रोलियम अन्वेषणको अवस्था बारे उद्योगमन्त्रीको चासो


१२ श्रावण २०७६, आईतवार १६:३२ मा प्रकाशित

दैलेख । चिनियाँ सहयोगमा दैलेखमा अन्वेषण भईरहेको पेट्रोलियम पदार्थको अवस्था बारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले चासो व्यक्त गरेका छन् ।

सो अन्वेष्णको हाल सम्मको अवस्था बारे मन्त्री यादवले आईतवार चिनियाँ टोलीसँग छलफल गरेका हुन् । चिनियाँ टोलीहरुलाई मन्त्रालयमै बोलाएर मन्त्री यादवले उक्त कार्यको हालसम्मको प्रगति बारे जानकारी लिएका हुन् । मन्त्रीसँगको छलफलमा चिनियाँ टोलीले उक्त पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा हालसम्म ‘जियोलोजीकल म्यापिङ्ग’ सम्मको काम सम्पन्न भएको जानकारी गराएका थिए ।

भेटघाटको क्रममा चिनियाँ टोलीले अब ‘म्यागनेटो टेलरिक’ र ‘टु डी सिस्मिक सर्वे’ गरि प्रोफाईल लाईन यकिन गर्नुपर्ने काम बाँकी रहेको र उक्त कामका निम्ति मन्त्रालयसँग आवश्यक उपकरण आयातका काममा सहयोगको अपेक्षा गरेका थिए । जवाफमा मन्त्री यादवले उक्त अन्वेषणका निम्ति चाहिने आवश्यक उपकरणहरु आयात कार्यमा मन्त्रालयले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । सिस्मिक सर्वे पश्चात् ड्रील गर्ने स्थलहरूको पहिचान हुने र यी कार्यहरू यसैवर्षको अक्टोबरबाट थालिने चीनियाँ टोलीले जानकारी गराए ।

दैलेखमा उक्त पेट्रोलियम अन्वेषण्को कार्य चीनियाँ पक्षले ३ वर्षभित्र सम्पन्न गर्ने गरि सम्झौता भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here