रुस । रुसको मस्कोको स्थानीय चुनावमा विपक्षी उम्मेदवारलाई चुनावमा बहिष्कार गरेको भन्दै आन्दोलनमा उत्रेका एक हजारभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनमा आएकाहरूले निष्पक्ष चुनावको माग गर्दै आन्दोलनमा उत्रेका हुन् । प्रतिबन्धित क्षेत्रमा गरिएको प्रदर्शनका कारण कम्तीमा पनि एक हजार ७४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । शनिबार मस्कोको सिटीहल अगाडि भएको प्रदर्शनमा प्रहरीले भीडलाई नियन्त्रण गर्न लाठी चार्ज समेत गरेको एजेन्सीले जनाएको छ ।
सहरमा सुरक्षाको चुनौती बढ्दै गएपछि सो भिडलाई नियन्त्रणमा लिन पक्राउ गरिएको मस्कोका मेयर सर्गेइ सोब्यानिनले बताए । सेप्टेम्बर ८ मा हुने चुनावमा केही उम्मेदवारलाई प्रतिबन्ध गरिएको थियो । अधिकारीहरूले बताएअनुसार ३० जना उम्मेदवारहरूलाई हस्ताक्षर नपुगेको भन्दै चुनावमा सहभागी नगराएको हो ।
विपक्षी नेता एलेक्सी नेभेल्नीले राष्ट्रपतिका आलोचकले बिनास्वीकृति आन्दोलन गरेको भन्दै उनलाई ३० दिनसम्म प्रहरी हिरासतमा राखिएको थियो ।





