हङकङमा पुनः प्रदर्शन, प्रहरीद्वारा अश्रुग्याससमेत प्रहार


१२ श्रावण २०७६, आईतवार १०:४६ मा प्रकाशित

काठमाडौं । हङकङमा लोकतन्त्रका पक्षधरले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।

गत मंगलबार मास्क लगाएका अपरिचित व्यक्तिको समूहले लोकतन्त्रका पक्षधरहरुमाथि गरेको अन्धाधुन्ध आक्रमणको विरोधमा र्‍याली निकालिएको हो । र्‍यालीमा सहभागीहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै अश्रुग्याससमेत प्रहार गरेको छ ।हजारौंको संख्यामा रहेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको जनाएको छ ।

प्रहरीले ज्यादती गरेको भन्दै प्रदर्शनकारीले पनि ढुंगा प्रहार गर्नुका साथै प्रहरी भ्यान घेराउ गरेका छन् । गत मंगलबार लोकतन्त्रको पक्षमा गरिएको प्रदर्शनमा सहभागीहरुमाथि मास्क लगाएका आक्रमणकारीले आक्रमण गर्दा ४५ जना घाइते भएका थिए । प्रहरीले उक्त आक्रमणको अनुसन्धानमा ध्यान नदिएको आरोप लोकतन्त्रको पक्षधरहरुको छ ।

हङकङमा एक महिनाभन्दा लामो समयदेखि प्रदर्शन हुँदै आएको छ । सुपुर्दगी विधेयकको विरोधमा सुरु भएको प्रदर्शन अहिले लोकतन्त्रको नाममा हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here