सिङ्गापुरद्वारा नेपाल पराजित, टी-२० विश्वकपको मौका गुम्यो


१२ श्रावण २०७६, आईतवार १०:२६ मा प्रकाशित

काठमाडौं । सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी–२० विश्वकप सपना अधुरै रहृयो ।

आइतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको छ । १९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । औषत सुरुवात गरेको नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाए ।

उनी दोस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ५४ रन थियो । तर त्यसपछि नेपाल सम्हालिन सकेन । दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने सोमपाल कामीले ११ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here