विर्तामोड । झापाको विर्तामोडमा रहेको हनुमान सेन्ट्रलमा आगलागि हुँदा करीब २ करोड बराबरको क्षति भएको छ । शनिबार साँझ ७ बजे पहिलो तलामा रहेको एरीक दोकानमा विद्युत सर्ट भएर आगलागि हुँदा दोकानमा रहेको सामान पुर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।दिनेश पाठकले सञ्चालन गरेको एरिक दोकानमा रहेको एसीमा विद्युत सर्ट भएर आगलागि भएको हो ।
नेपाल प्रहरी,ससस्त्र प्रहरी,नेपाल आर्मी र स्थानियले आगो नियन्त्रणमा लिनका लागि २ घण्टा लागेको थियो । विर्तामोड नगरपालिका,मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो राती ९ बजे नियन्त्रणमा आएको हो । एरीक दोकानसंगै रहेको मोबाइल र जुत्ता पसलमा सामान्य क्षति पुगेको छ ।





