रसुवामा पहिरोले टाटा सुमो पुर्दा २ जनाको मृत्यु,सात घाईते


११ श्रावण २०७६, शनिबार २१:५९ मा प्रकाशित

रसुवा । रसुवागढीबाट काठमाडौँ जाँदै गरेको टाटोसुमो आज(सनिवार) साँझ टिपुरेको तातोपानी इलाकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ईश्वरी भण्डारीका अनुसार सो दुर्घटनामा दुई जनाको मृत्यु भएको र सात घाइते भएका छन् । मृत्यु हुने र घाइतेको पहिचान खुलेको छैन । ना१ज ७८२४ नंको टाटासुमो काठमाडौँतर्फ आउँदै गर्दा पहिरोमा परेको थियो ।

सात घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी परिचालन भएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी प्रवक्ता भण्डारीले बताए । टाटासुमोमा सवार १० मध्ये चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here