एसी सर्ट हुँदा बिर्तामोडको हनुमान सेन्ट्रलमा आगलागी


११ श्रावण २०७६, शनिबार २१:३५ मा प्रकाशित

बिर्तामोड । झापाको विर्तामोडमा रहेको व्यापारिक केन्द्र हनुमान सेन्ट्रलमा एक जुत्ता पसलको एसी सर्ट भएर आगलागी भएको छ ।

हनुमान सेन्ट्रलको भुँईतलामा अवस्थित दिनेस पाठकले सञ्चालन गरेको जुत्ताचप्पल पसलबाट आगलागी सुरु भएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए । आगलागी साँझ ७ बजेबाट शुरु भएको थियो । आगलागी विर्तामोड, भद्रपुर र मेचीनगरको बारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा करिव एक घण्टामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली परिचालित थिए । आगलागी पछि हनुमान सेन्ट्रल अघि भिड लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here