विद्यालयमा आश्रय लिएका बाढी पीडितहरुलाई राहत वितरण


११ श्रावण २०७६, शनिबार १६:१२ मा प्रकाशित

मोरङ । विराटनगरस्थित बखरी विद्यालयमा आश्रय लिएका बाढी पीडितहरुलाई विभिन्न संस्थाले राहत वितरण गरेका छन ।

केशलिया खोलाको बाढीबाट बिस्थापित भएर विद्यालयमा आश्रय लिएका पीडितहरुलाई युवा जागरण संघ नेपाल केन्द्रीय कार्यसमिति र लायन्स क्लब अफ विराटनगर प्रोफेश्नलले राहत उपलब्ध गराएको हो । त्यहाँ आश्रय लिएका बाढी पीडितहरुलाई चिउरा, भुजा, चाउचाउ र बिस्कुट लगायतका खाद्यान्न वितरण गरिएको जागरण संघ नेपालका अध्यक्ष भोला यादवले जानकारी दिए ।

सो विद्यालयमा विराटनगर–१२ बखरी, सिमराही र स्कुलटोलका १ सय ७० बाढी पीडित परिवारलाई राखिएको वडाध्यक्ष हिरालाल कामतले जानकारी दिए । उनले लायन्स क्लब प्रोफेश्नल र कोशी अस्पतालको प्राबिधिक सहयोगमा बाढी पीडितका लागि स्वास्थ्य जाँच र निःशुल्क औषधि वितरण गरिएको समेत जानकारी दिए । यसअघि असार २८ गते आएको बाढीको क्रममा त्यँही आश्रय लिएर एक साता पछि घर फर्किएका सुकुम्बासी परिवार फेरी बाढी आएपछि विद्यालयमै आश्रय लिनु परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here