पाँचथर । पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर १ साविक च्याङथापु १ टारवारीका एक वालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय डम्बर बहादुर मगरको ११ वर्षिय छोरा अर्विन रहेका छन् । नजिकै रहेको पोखेरीमा खेल्ने क्रममा उनको डबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताए । उपचारका क्रममा आज जिल्ला अस्पताल पाँचथरमा उनको मृत्यु भएको प्रहरी जानकारी दिए ।





