उपप्रमुख रसाइलीद्वारा पत्रकारमाथि हातपात, पत्रकार महासङ्घ तनहुँ शाखाको आपत्ति


११ श्रावण २०७६, शनिबार १४:३८ मा प्रकाशित

तनहुँ । शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले पत्रकारमाथि हातपात र दुर्व्यवहार गरेकाे प्रति नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको आपत्ति जनाएकाे छ ।

एक प्रेस विज्ञप्ति निकाल्दै महासङ्घ तनहुँ शाखा गम्भीर ध्यानाकर्षण भएके जनाएकाे हाे । उपप्रमुख रसाइलीले शुक्रवार नगरपालिकाको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गरी पत्रकार माथि गरिएको हातपात र दुर्व्यवहार गरेकी थिइन् ।नगरपालिकाको उपप्रमुख जस्तो गरिमामय पदमा आसीन जनप्रतिनिधिले पत्रकार सम्मेलनमा पत्रकारलाई बोलाएर अभद्र तरिकाले अमर्यादित, अपमानजनक र लाञ्छना लगाउनुले सिङ्गो पत्रकार जगतलाई दुखित तुल्याएको भन्दै पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आर्चायले जानकारी दिए ।

विज्ञप्तिमा लेखिएको छ-‘ढुङ्गा, गिटीका सन्दर्भमा पत्रकार सम्मेलन भन्दै बोलाएर नियोजित ढङ्गले पत्रकार माथि नै हातपात र दुर्व्यवहार गर्ने कार्यको जति नै निन्दा र भर्त्सना गरे पनि कम हुन्छ । कुनै पनि समाचारका विषयमा चित्त नबुझे त्यसको खण्डन गर्ने अधिकार सुरक्षित हुँदा हुँदै प्रशस्त मात्रामा भिड जम्मा गरी पत्रकारहरूमाथि हातपात गर्दै त्रास र भयको वातावरण निर्माण गर्नु प्रेस स्वतन्त्रता माथिको ठाडो प्रहार हो भन्ने महासङ्घ तनहुँ शाखाको ठहर भएकाे छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here