समाजवादी मोर्चाले आज विद्यार्थी मोर्चाको घोषणा गर्दै


१४ श्रावण २०८०, आईतवार ०७:२३ मा प्रकाशित

काठमाडौँ । समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा गरिने भएको छ ।

ललितपुरको च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा आज विद्यार्थी मोर्चाको घोषणा गरिने कार्यक्रम तय भएको बताइएको छ ।

घोषणासभामा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायत नेताहरूले सम्बोधन गर्नेछन् ।

चारदलीय समाजवादी मोर्चाको विद्यार्थी संगठन घोषणा गर्न लागिएको हो । मोर्चाको कार्यविधिलाई अन्तिम रूप दिने तयारी समेत गरिएको एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here