मुलुकमा एमालेबाहेक अर्को कुनै बिकल्प नरहेको एमाले अध्यक्ष ओलीको दाबी


१३ श्रावण २०८०, शनिबार १७:०३ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै बिकल्प नरहेको बताउनुभएको छ ।

शनिबार नेपालगंजमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउने भिजन एमालेसंगमात्रै रहेको भन्दै मुलुकमा अर्को कुनै बिकल्प नरहेको बताउनुभएको हो ।

ओलीले एमाले बाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरु कुनै पार्टीसंग नरहेको धारण राख्नुभयो ।

एमाले मिसन ८४ मा केन्द्रीत रहेको भन्दै ओलीले यसलाई सफल बनाउदै पार्टी बहुमत आउने गरि तयारी गर्न निर्देशन दिनुभयो ।

उहाले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएपनि एमालेको नीतिहरुसंग सहमत हुने, बिकासको अभियानलाइ अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरुलाई संगै लिएर अघि बढ्ने जिकिर गर्नुभयो ।

ओलीले अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएकाले सकृय र सतर्कतासाथ योजनबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here