दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्रिभुवन आर्मी क्लब भारत प्रस्थान


१३ श्रावण २०८०, शनिबार १३:५९ मा प्रकाशित

भारतको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय खेलाडी टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङको नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 भारतीय सेनाद्वारा यही साउन ८ सुरु भई १७ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई बलाधिकृत रथी सरोजप्रताप राणाले शुक्रबार बिदाइ गरेका थिए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए बरियताका फुटबल टीमसँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here