भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने गृहमन्त्री श्रेष्ठको दाबी


१३ श्रावण २०८०, शनिबार १३:४० मा प्रकाशित

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने स्पष्ट पार्नुभएको छ ।

शनिबार काठमाडौंको गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आयोजित कार्यक्रममा श्रेष्ठले वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको भन्दै भ्रष्टाचारमा संलग्न जो सुकैलाई पनि कारवाही गरिने स्पष्ट पार्नुभएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने बताउनुभयो । त्यस्तै उहाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ आवश्यक रहेको जिकिर गर्नुभयो ।

भ्रष्टाचार र कमिसनले जरा गाड्दा रानजीतिक परिवर्तनपछि समृद्धिको यात्राले गुणात्मक फड्को मार्न नसकेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारले देशलाई बर्बाद बनाएको बताउनुभयो ।

भ्रष्टाचार, बेतिथि र ठगि विरुद्धको अभियानले बिश्राम नलिने पनि बताउनुभयो । उहाँले समृद्धिको यात्रालाई अगाडि बढाएर मुलुकलाई समुन्नत बनाउने सहिदका सपना पूरा गर्न बाधक बनेको भ्रष्टाचारलाई जरैदेखि उन्नुलन गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले उद्यानमा रहेको सहिद स्मारकको अवलोकन गर्दै सहिदप्रति माल्यार्पण गर्नुभएको थियो भने बिभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here