कोशी सरकार संकटः सभामुखलाई राजीनामा गर्न लगाएर गठबन्धनकै सरकार बनाउने तयारी


१३ श्रावण २०८०, शनिबार १३:२५ मा प्रकाशित

काठमाडौं । कोशी प्रदेशमा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर फेरि पनि गठबन्धनकै सरकार बनाउने तयारी गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका गठबन्धन दलहरू सभामुख गौतमलाई राजीनामा गराएर नयाँ सरकार बनाउन लागेका हुन् ।
तर सभामुख गौतम भने सकारात्मक नदेखिएको बताइएको छ ।

माओवादीका तर्फबाट सभामुख बनेका गौतमले राजीनामा दिएर नयाँ सरकार गठनको व्यवधान हटाउने अवस्था आए सरकारको नेतृत्व कांग्रेसले नभइ माओवादी केन्द्रले गर्नुपर्ने वहस पनि दलहरूबीच सुरू भएको छ ।

गठबन्धन दलका शीर्ष नेताहरूबीच यस विषयमा काठमाडौंमा छलफल पनि गरेका छन् । छलफलमा सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्ने उपयुक्त विकल्पका सम्बन्धमा सहमतिनजिक पुगे पनि सरकारको नेतृत्वका विषयमा नयाँ वहस सृजना भएको बताइएको छ ।

पहिले सभामुखलाई राजीनामा गराउने र त्यसपछि मात्रै सरकारको नेतृत्वका विषयमा छलफल अघि बढ्ने अडान नेपाली कांग्रेसले राखेको छ ।

अदालतले गठबन्धनबाट मुख्यमन्त्री बनेका थापालाई पदमुक्त गरेपछि नयाँ सरकार बनाउन आह्वान भएको छ । गठबन्धनलाई बहुमत संख्या ४७ पुर्‍याउन सभामुखलाई राजीनामा गराएर मात्रै सम्भव छ ।

यसअघि तटस्थ सभामुखको समर्थन लिएर गठन भएको सरकार अदालतको आदेशमा ढलेको थियो । सरकार गठन प्रक्रिया गलत भएको भन्दै एमाले नेता हिकमत कार्कीले रिट निवेदन दिएपछि त्यसको सुनुवाई गर्दै अदालतले मुख्यमन्त्री उद्धव थापालाई पदमुक्र गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here