नेपाली कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने


११ श्रावण २०८०, बिहीबार १२:४१ मा प्रकाशित

नेपाली कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा सम्पन्न कार्यसमिति बैठकले महासमितिको बैठक मंसिर ११ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको हो ।

विधानमा नीति महाधिवेशनले गर्ने कामहरू गर्ने गरी महासिमितको बैठक बोलाइएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

यस्तै बैठकले सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान र भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय भएको पनि महामन्त्री शर्माले जानकारी दिनुभयो । त्यस्तै बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई सघाउने निर्णय गरेको छ भने सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई अविलम्ब कारबाही गर्न माग गरेको छ ।

महामन्त्री शर्माले भ्रष्टाचार नियन्त्रण र सुशासन लगाएत विषयमा बिभिन्न १५ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिनुभयो ।

कांग्रेसले मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन सरकारसँग माग समेत गरेको छ भने तीन तहका निर्वाचनमा वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here