सुन प्रकरणमा निष्पक्ष छानविन गर्न प्रतिपक्षी नेकपा एमालेको माग


१० श्रावण २०८०, बुधबार १५:४५ मा प्रकाशित

प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा निष्पक्ष छानविनको माग गरेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारका मन्त्री र सरकारमै रहेका दलका नेताहरूको संलग्नताबिना भन्सारबाट सुन पास गर्न असम्भव हुने भन्दै निष्पक्ष छानविनको माग गरेको हो ।

बैठकपछि एमाले सांसद रघुजी पन्तले पटक पटक सुन आएको खवर प्रकाशित भएको अवस्थामा गम्भीरतापूर्वक गहिराईमा पुगेर छानविनको गर्न माग गरेको जानकारी दिनुभयो । उहाले भरियालाई मात्रै नभई सुन ल्याउने मुख्य व्यक्तिलाई पक्राउ गरेर सुन ल्याउने काममा सघाउनेलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।

उहाले सुन प्रकरणको लामो समय हुदा पनि सरकारले केहि काम नगर्न नसकेको बैठकको ठहर रहेको जिकिर गर्नुभयो । बैठकले सुन प्रकरणको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने निष्कर्ष पनि निकालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here