उदयपुरमा उद्धार गरिएको लाटोकोसेरो डिभिजन वन कार्यलय गाईघाटलाइ बुझाइयो


१० श्रावण २०८०, बुधबार १२:३३ मा प्रकाशित

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ गोरेटोलाइनबाट उद्धार गरिएको लाटोकोसेरा प्रजातिको संरक्षित पक्षी मलाहा हुचिल डिभिजन वन कार्यालय गाईघाटलाइ बुझाइएको छ ।

स्थानीय वसन्तपंचमी सामुदायिक वन उपभोक्ता समितिका सह–सचिव समेत रहेका सुनिल राइले गोरेटो लाइनमा घाइते अवस्थामा फेलापार्नु भएको संरक्षित पंक्षी मलाहा हुचिल बुधवार वन कार्यालयलाई बुझाइएको हो ।

अवैध ढङ्गले बिक्रीवितरण हुने गरेको उक्त पंक्षी अन्य कसैले भेटेको भए बिक्रि गर्न सक्ने भएको हुदा यस्ता संरक्षित पंक्षी वन कार्यालयलाइ बुझाउन उचित ठानेकोले आफुले डिभिजन वन कार्यालय बेल्टारमा सम्पर्क गरेर बुझाएको सुनिल राइले बताउनु भयो ।

मलाहा हुचिलको प्राकृतिक वासस्थान नै जङ्गल हो ।

करिब ६० वर्ष आयु हुने मलाहा हुचिल तीन केजीभन्दा माथि भयो भने खुट्टाका नङ्ग्राले सिसा काट्न सक्ने र पाँच केजी तौल नाघेपछि यसलाई छुँदा करेन्ट लाग्ने सोधकर्ताहरु बताउँछन् ।

लाटकोसेरो प्रजातिको मलाहा हुचिलको सङ्ख्या वर्षेनी घट्ने क्रममा रहेको जनाइको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here