नेकपा माओवादी केन्द्र साउन १७ मा बस्ने केन्द्रीय समिति बैठकको तयारीमा


१० श्रावण २०८०, बुधबार १२:०३ मा प्रकाशित

नेकपा माओवादी केन्द्र आगामी साउन १७ बस्ने केन्द्रीय समिति बैठकको तयारीमा जुटेको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाका बारेमा छलफल भएको हो ।
पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय समिति बैठकको सम्भावित एजेण्डाका बारेमा छलफल भएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो । निरन्तर पदाधिकारी बैठक बसेर केन्द्रीय समितिको प्रारम्भीक एजण्डा तय गर्ने उहाले बताउनुभयो ।

केन्द्रीय समिति बैठकमा पार्टीको दुई महिने अभियानको समीक्षा प्रतिवेदन तथा स्थानीय, प्रदेश र केन्द्रीय चुनावको समीक्षा लगाएतमा छलफल गर्ने माओवादीको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here