बाढीका कारण हजारौं सर्वसाधारण प्रभावित


९ चैत्र २०७७, सोमबार १०:४२ मा प्रकाशित

काठमाडौं । अष्ट्रेलियामा आएको बाढीका कारण हजारौं सर्वसाधारण प्रभावित भएका छन ।

सिड्नी क्षेत्रमा बाढी बढ्दै गएपछि हजारौं नागरिकलाई सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन ।

न्यू साउथवेल्स र क्वीन्सल्याण्ड राज्यका विभिन्न क्षेत्रमा वर्षापछि आएको बाढीका कारण निजी तथा सरकारी आवासहरुमा क्षति पुगेको बताइएको छ ।

प्रधानमन्त्री स्कट मारिसले बाढीबाट सर्तक रहने अपिल गर्नुभएको छ । मौसम विभागले बाढीका कारण अझै क्षति हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

बाढीबाट प्रभावित भएर सिड्नीका करिब एक सय परिवार बिस्थापित भइसकेको समाचारमा जनाइएको छ । बाढीका कारण सडक संरचनाहरु क्षतिग्रस्त भएका छन ।

बाढीका कारण शिक्षण संस्थाहरु बन्द भएका छन भने आन्तरिक हवाइ उडान तथा यातायात सेवाहरु स्थगन गरिएका छन । काठमाडौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here