सरकारको बारेमा स्पष्ट बन्न माओवादी केन्द्रलाई सिंहको आग्रह


८ चैत्र २०७७, आईतवार १३:३५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको बारेमा स्पष्ट बन्न नेकपा माओवादी केन्द्रलाई आग्रह गरेका छन् ।

सत्ता समिकरणको विषयमा अपनाएको दोहोरो चरित्र त्याग्न पनि उनले आग्रह गरे । आफ्नै निवास चाक्सीबारीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता सिंहले सरकारलाई दिएको समर्थन निरन्तरा वा फिर्ताको विषयमा प्रष्ट बन्न आग्रह गरे ।

कांग्रेसको एकल बलमा केपी ओली नेतृत्वको सरकार हटाउन सहज नभएको भन्दै उनले नेकपा माओवादी केन्द्रको दोहोरो चरित्र तथा जसपाको ढुलमुले नीतिले वर्तमान राजनीतिक अन्योलता जटिलताउन्मुख भएको तर्क गरे ।

कार्यक्रममा बोल्दै नेता सिंहले माओवादी केन्द्र र एमालेको ‘डिक्सनरी’बाट नैतिकता भन्ने शब्द हराएको आरोप लगाए ।

जनताबाट पाएको ‘म्याण्डेट’ लाई धोका दिने काम कम्युनिष्टहरुबाट भएको भन्दै उनले राजनीतिप्रति जनविश्वास घटेको बताए । आदर्शको कुरा गरेर सत्तामा टासिने नैतिकता वर्तमान ओली नेतृत्वको सरकारमा नभएको उनको तर्क छ ।

कार्यक्रममा विश्वकर्मा समाजको राष्ट्रिय अध्यक्ष गोपाल प्रसाद विश्वकर्मा लगायत डेढ दर्जन अगुवा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here