काठमाडौं । भारतीय जेलमा ४० वर्ष बन्दी जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) आइतबार बिहानै स्वदेश आइपुगेका छन्।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा शनिबार छुटेका दुर्गाप्रसाद नेपाल आइपुगेका हुन्।
भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी कोलकाता उच्च अदालतको आदेश अनुसार शनिबार छुटेका हुन्।
शारीरिक र मानसिक रुपमा कमजोर उनलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपरान्ह अदालतले जेल पठाएको थियो। त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो।





