हात्तीको आक्रमणबाट चितवनमा एकको मृत्यु


८ चैत्र २०७७, आईतवार ०९:३९ मा प्रकाशित

भरतपुर महानगरपालिका–१३ गंगानगरस्थित जंगल नजिकैको बस्तीमा आएको जंगली हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीया तिलमाया भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

बिहान ४ बजे बस्ती पसेको हात्तीले ३ वटा कच्ची घरहरु भत्काउनुका साथै धानमा पनि क्षति पुर्‍याएको जिल्ला प्रहरीका प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

आक्रमण पछि हात्ती जंगलतर्फ भागेको स्थानीयले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here