झापा । शनिबार झापामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाले दिएको तथ्यांक अनुसार शनिबार एकै दिन कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको हो । मृत्यु हुनेमा विर्तामोड नगरपालिका ५ का ६५ बर्षिय पुरुष र विर्तामोड ७ का ६७ बर्षिय पुरुष रहेका छन् । त्यसैगरि गौरीगञ्ज गाउँपालिका ६ का ७३ बर्षिय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
त्यस्तै झापामा थप ३१ जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १४ महिला र १७ पुरुष रहेका छन ।
शनिबार थपिएका संक्रमितहरु भद्रपुरका ३, विर्तामोडका ६, शिवशताक्षीका १, कनकाइका ८ मेचीनगरका ४, बुद्धशान्तिका २, हल्दिबारीका १ र दममका ६ गरि ३१ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
हाल झापामा कुल संक्रमितको संख्या १९७० पुगेको छ भने शनिबार ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोनाबाट झापाका ३७ जनाले ज्यान गुमाइसकेका छन् ।





